ओली भेट्न गुण्डु पुगे डीपी

काठमाण्डु टुडे २०८२ चैत ४ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल, एमाले अध्यक्ष अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन् ।

पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन् । सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

साथै उनले शोक सन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us