रास्वपा र नेकपाको संसदीय दलको कार्यालय साटफेर, कांग्रेस–एमालेको यथावत

काठमाण्डु टुडे २०८२ चैत ४ गते १७:०९ मा प्रकाशित

काठमाण्डू, ४ चैत– संसदीय अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिने भएको छ । संघीय संसद् सचिवालयले हाल रहेकै कार्यलयहरूमध्येबाटै संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको छ ।

जसअन्तर्गत यसअघि नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको भवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने तयारी गरिएको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा रास्वपाले प्रयोग गरेको संसदीय दलको कार्यलयमा भने नेपाली कम्युनिस्ट पार्टीसहितका अन्य साना दलहरूका लागि व्यवस्थापन गरिएको छ ।

जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका लागि समेत संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको हकमा भने पहिले जहाँ रहेको त्यहीँ नै व्यवस्थापन गर्ने तयारी छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भएकै कार्यालयहरूमा दलहरूको संसदीय दलको कार्यालय व्यवस्थापन गर्न लागिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us