समाचार

सरकारले जनताको चाहनाअनुसार काम गर्छः अमरेशकुमार सिंह

२०८२ चैत २० गते १२:४९

काठमाण्डू,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन । आज (शुक्रबार) संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा रास्वपा सांसद सिंहले यस्तो बताएका हुन । उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि...

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

२०८२ चैत २० गते १२:२६

काठमाण्डू,२० चैत– मकवानपुर प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ बस्दै आएका करिब १८...

सभामुख पदमा रास्वपाका डीपी अर्यालको उम्मेदवारी दर्ता

२०८२ चैत २० गते १२:१९

काठमाण्डू,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री...

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने, एमाले छलफलमा

२०८२ चैत २० गते १२:१०

काठमाण्डू,२० चैत– कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन । उनले भने, ‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व...

दुई सय नाघ्यो पेट्रोलको मूल्य

२०८२ चैत १९ गते २२:०७

काठमाण्डू, १९ चैत- पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । योसँगै काठमाण्डू, पोखरा र दिपायलमा...

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १८ महिनाको आयात धान्ने

२०८२ चैत १९ गते १८:२१

काठमाण्डू, १९ चैत– नेपालको विदेशी विनिमय सञ्चितिले नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको हो । ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब...

सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

२०८२ चैत १९ गते १७:४५

काठमाण्डू, १९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेको रास्वपा स्रोतले जनाएको छ । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव...

‘म अचम्मको सांसद, आउनै नपर्ने मान्छे आएँ’: महावीर पुन

२०८२ चैत १९ गते १७:३६

काठमाण्डू, १९ चैत– स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् । ‘म एउटा अचम्मको...

०६४ को बहुमत सदुपयोग गर्न सकेनौंः वर्षमान पुन

२०८२ चैत १९ गते १७:२१

काठमाण्डू, १९ चैत– नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकारेका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको स्विकार गरेका हुन । ‘०६४ सालको चुनावमा...

संसद्को अर्को बैठक चैत २२ गते

२०८२ चैत १९ गते १६:२५

काठमाण्डू, १९ चैत– गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचन पछि पहिलो पटक आज प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित...

ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्णः दंगाल

२०८२ चैत १९ गते १६:१३

काठमाण्डू, १९ चैत– एमाले राष्ट्रिय सभा सदस्य प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै एमाले सांसद दंगालले यस्तो बताएका हुन । उनले फागुन २१ को निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र...

सरकार आशाको दियो बनोस्, डढेलो बन्न खोजे निभाउँछौंः ज्ञानबहादुर शाही

२०८२ चैत १९ गते १६:०६

काठमाण्डू, १९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख समेतक ज्ञानबहादुर शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले यस्तो सुझाव दिएका हुन । उनले डढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us