सरकारले जनताको चाहनाअनुसार काम गर्छः अमरेशकुमार सिंह

काठमाण्डु टुडे २०८२ चैत २० गते १२:४९ मा प्रकाशित

काठमाण्डू,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन । आज (शुक्रबार) संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा रास्वपा सांसद सिंहले यस्तो बताएका हुन ।

उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने समेत बताएका छन । सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताएका छन ।

जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहले बताए । उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरूलाई ३ महिनासम्म त्यसको सूक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गरे ।

उनले भने, ‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ, ‘म सम्पूर्ण सञ्चारकर्मीलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईंहरूले सूक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् ।’

सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us