समाचार

प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय

२०८१ जेठ २७ गते १३:२१

काठमाण्डु, २७ जेठ–प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । आज (आइतबार) प्रतिनिधि सभाका सभामुखको निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय स्रोतले जानकारी दिएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत...

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

२०८१ जेठ २७ गते १३:१५

काठमाण्डु, २७ जेठ– राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ । शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझतिर जाल हानेर माछा मार्ने क्रममा...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

२०८१ जेठ २७ गते १३:०४

काठमाण्डु, २७ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज  (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे भएको वालुवाट उच्च स्रोतले जानकारी दिएको छ...

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान

२०८१ जेठ २७ गते १२:३६

काठमाण्डु, २७ जेठ– कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमाण्डुको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । प्रहरीले उनलाई जेठ १८ मा पश्चिम चितवनबाट...

कैलालीमा १३ वर्षीय बालक घरको काठको बलोमा झुण्डिएको अवस्थामा मृत फेला

२०८१ जेठ २७ गते १२:२८

काठमाण्डु,  २७  जेठ– कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी...

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

२०८१ जेठ २७ गते १२:१७

काठमाण्डु, २७ जेठ– कोशी प्रदेश सरकारविरुद्धको सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो । इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा...

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

२०८१ जेठ २७ गते १२:०९

काठमाण्डु,  २७  जेठ– अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको प्रहरीले जानकारी...

भोलिदेखि संसद्‌मा मन्त्रालयगत बजेटमाथि छलफल हुने

२०८१ जेठ २६ गते १८:१९

काठमाण्डु, २६ जेठ– भोली (आइतबार) देखी प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि छलफल सुरु हुने भएको छ । आज सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भोलि वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय...

एमाले काठमाण्डु अधिवेशनः ओलीको आग्रह, नेताले कसैलाई बोकेको भए भुइँमा राख्नुस्

२०८१ जेठ २६ गते १८:०७

काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डु जिल्ला कमिटीको अध्यक्ष चयनमा सकेसम्म चुनाव नगर्न आग्रह गरेका छन । आज (शनिबार) जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले प्रतिस्पर्धा गर्ने हो भने कुनै पनि उम्मेदवारलाई...

गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति गरेका छौँ: अर्थमन्त्री पुन

२०८१ जेठ २६ गते १७:१६

काठमाण्डु, २६ जेठ– अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको दाबी गरेका छन । आज शनिबार नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन । उनले गणतन्त्र स्थापना गरेको बेला देशमा ५ हजार...

काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द

२०८१ जेठ २६ गते १६:४४

काठमाण्डु, २६ जेठ– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरीदिएको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा...

दाङ बसको ठक्करबाट अटोमा सवार पाँचजना घाइते

२०८१ जेठ २६ गते १६:३८

दाङ, २६ जेठ– दाङमा बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका छन् । आज शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us