समाचार

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

२०८१ जेठ २७ गते १६:४०

काठमाण्डु, २७ जेठ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव भेटिएको छ । घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारको प्रहरीले जानकारी दिएको छ । हिजो शनिबार दिउँसो ४ बजेतिर पौडी...

एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै ब्लन्डर हो: नेता खनाल

२०८१ जेठ २७ गते १६:२५

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि (ब्लन्डर) भएको दाबी गरेका छन । आज आइतबार काठमाण्डुमा ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन  । उनले एमसीसी अनुमोदन...

कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन्: अध्यक्ष नेपाल

२०८१ जेठ २७ गते १५:२५

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन । आज (आइतबार) पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले कम्युनिस्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको...

जसपापछि दोस्रो तारो हामी बन्यौँ: अध्यक्ष नेपाल

२०८१ जेठ २७ गते १५:२२

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन । आज (आइतबार) पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले कम्युनिस्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ४ जना पक्राउ

२०८१ जेठ २७ गते १४:४५

काठमाण्डु, २७ जेठ– प्रहरीले सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक...

महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

२०८१ जेठ २७ गते १४:१०

काठमाण्डु, २७ जेठ– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रप्त गरेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन । प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको...

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

२०८१ जेठ २७ गते १३:४८

काठमाण्डु, २७ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि...

नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले एउटा गाडी जलाए

२०८१ जेठ २७ गते १३:३२

काठमाण्डु, २७ जेठ– मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन । आज आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी उनीहले जलाएको प्रहरीले जानकारी दिएको छ । विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच...

प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय

२०८१ जेठ २७ गते १३:२१

काठमाण्डु, २७ जेठ–प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । आज (आइतबार) प्रतिनिधि सभाका सभामुखको निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय स्रोतले जानकारी दिएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत...

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

२०८१ जेठ २७ गते १३:१५

काठमाण्डु, २७ जेठ– राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ । शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझतिर जाल हानेर माछा मार्ने क्रममा...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

२०८१ जेठ २७ गते १३:०४

काठमाण्डु, २७ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज  (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे भएको वालुवाट उच्च स्रोतले जानकारी दिएको छ...

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान

२०८१ जेठ २७ गते १२:३६

काठमाण्डु, २७ जेठ– कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमाण्डुको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । प्रहरीले उनलाई जेठ १८ मा पश्चिम चितवनबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us