त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १६:४० मा प्रकाशित

काठमाण्डु, २७ जेठ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव भेटिएको छ ।

घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारको प्रहरीले जानकारी दिएको छ ।

हिजो शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये रिदमको खोजी जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

दुई किशोर बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्रको आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी मदनकुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको थियो । आइतबार सशस्त्रको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट इन्सपेक्टर धनकुमार अधिकारीको कमाण्डमा ५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us