कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १२:०९ मा प्रकाशित

काठमाण्डु,  २७  जेठ– अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन ।

पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ ।

पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएकोजिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख अधिकारी गणेशप्रसाद कोइराला जानकारी दिएका छन ।

घटनाबारे जानकारी दिदैँ उनले भने, ‘सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं, ‘टोली त्यहाँ पुग्दै होला । बाँकी बुझ्दैछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us