समाचार

प्रचण्डको ब्रिफिङ: मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो

२०८१ असार १८ गते १२:३८

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको दाबी गरेका छन । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो दाबी गरेका हुन । उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७...

ओलीले हिजोको भेटमा प्रचण्डलाई भनेका थिए, ‘स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने’

२०८१ असार १८ गते १२:३२

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग हिजो मात्र भएको छलफल विपरीत कांग्रेससँग सहमति गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आक्रोश व्यक्त गरेका छन् । मंगलबार बिहान बालुवाटार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसमक्ष कांग्रेससँगको...

प्रचण्डले सोधे, ‘तपाईंले के गर्नुभएको ?’, ओलीले भने, ‘केही त भएको छैन’

२०८१ असार १८ गते १२:३०

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग हिजो मात्र भएको छलफल विपरीत कांग्रेससँग सहमति गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आक्रोश व्यक्त गरेका छन् । मंगलबार बिहान बालुवाटार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसमक्ष कांग्रेससँगको...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८१ असार १८ गते १२:०८

काठमाण्डु, १८ असार– कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने पनि उनले जानकारी दिएका छन...

ओलीले बालुवाटारमा प्रचण्डलाई हेपेपछि…

२०८१ असार १८ गते १२:०६

काठमाण्डु, १८ असार– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । सोमबार मध्यराति काँग्रेससँग सत्ता गठबन्धनको सहमति गरेका ओली मंगलबार बिहानै बालुवाटार गएका थिए । ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने सहमति दुई दलबीच भएकाले त्यसलाई समर्थन गर्न आग्रह गरेका...

सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको समाचारमा कुनै सत्यता छैन: कांग्रेस

२०८१ असार १८ गते १२:०१

काठमाण्डु, १८ असार– कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिच सहमति भएको बताएका छन । आज मंगलबार सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले यस्तो जानकारी गराएका हुन । उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको रक्षाका...

राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबिच सहमति भएको हो: कांग्रेस

२०८१ असार १८ गते ११:५९

काठमाण्डु, १८ असार– कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिच सहमति भएको बताएका छन । आज (मंगलबार) सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले यस्तो जानकारी गराएका हुन । उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको रक्षाका...

प्रधानमन्त्रीले राजीनामा नदिने

२०८१ असार १८ गते ११:५०

काठमाण्डु, १८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । काँग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता गठबन्धन गर्ने सहमतिपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो । माओवादी सचिव गणेश...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

२०८१ असार १८ गते ११:४९

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेका छन । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन ।...

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

२०८१ असार १८ गते ११:४६

काठमाण्डु, १८ असार– रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आज (मंगलबार) बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन ।...

अब ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार: महासचिव पोखरेल

२०८१ असार १८ गते ११:२६

काठमाण्डु, १८ असार– एमालेका महासचिव शंकर पोखरेलले एमाले र कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले बताएका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने...

ओली र देउवाबारे बालेनको पोष्टः यो समय गिरीबन्धु चियाको हो

२०८१ असार १८ गते ९:३८

काठमाण्डु, १८ असार– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले काँग्रेस र एमालेबीच भएको सत्ता गठबन्धनसम्बन्धी सहमतिलाई लिएर व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सँगै बसेर चिया पिउँदै गरेको तस्बिर पोष्ट गरेका छन् । बालेनले लेखेका छन्,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us