काठमाण्डु, १८ असार– रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
आज (मंगलबार) बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन ।