काठमाण्डु, १८ असार– कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने पनि उनले जानकारी दिएका छन । बैठकमा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने उनले जानकारी दिएका छन ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।