समाचार

प्रधानमन्त्री ओली र अमेरिका राजदूतबिच भेटवार्ता

२०८१ साउन २ गते १०:३४

काठमाण्डु, २ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसबिच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटरनै पुगेका थिए । भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल...

न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरु

२०८१ साउन २ गते १०:११

काठमाण्डु, २ साउन– काठमाण्डु महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो । यसअघि काठमाण्डु महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले...

त्रिशूलीमा हराएका बसको चालक र सह–चालकको शव भेटियो

२०८१ साउन २ गते ९:१४

काठमाण्डु, २ साउन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार पहिरोसँगै शित्रूलीमा बेपत्ता भएका दुईमध्ये एउटा बसका चालक र सह–चालकको शव फेला परेको छ । काठमाण्डुबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश ०३०११ख२५९५ नम्बरको गणपति डिलक्सका चालक रौतहट परोहा नगरपालिका–६ का ३५ वर्षीय...

बागमतीका मुख्यमन्त्री जमकट्टेलले ६ गते विश्वासको मत लिने

२०८१ साउन २ गते ९:०१

काठमाण्डु, २ साउन– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ६ साउनमा आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावसहितको पत्राचार प्रदेशसभा सचिवालयमा गरेका हुन् । प्रदेश सरकारमा एमालेबाट सहभागी पाँचमन्त्रीले गत २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा...

मुगु केन्द्रबिन्दु भएर भूकम्प

२०८१ साउन २ गते ८:५३

काठमाण्डु, २ साउन– मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्मा आसपास केन्द्रबिन्दु भएर बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लोपटक गत असार २६ मा ताप्लेजुङको तापेथोक...

मलाई भेट्न नआउनु, म्यासेन्जरबाट बधाई दिनुः ओली

२०८१ साउन २ गते ८:५०

काठमाण्डु, २ साउन–प्रधानमन्त्री केपी ओलीले आफूलाई भेटेर नभई डिजिटल माध्यमबाट शुभकामना र बधाई दिन आग्रह गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरुलाई समयको बचत हुने भएकाले भेटेर नभई डिजिटल माध्यममार्फत बधाई दिन आग्रह गरेका हुन् । यस्तै भेटेदा पनि खादामाला प्रयोग नगर्न उनले आग्रह...

पहिरोले घर भत्किएर सासुबुहारीको मृत्यु

२०८१ साउन १ गते २१:०९

संखुवासभा, १ साउन– संखुवासभाको सिलिचोङ गाउँपालिका–१ विलुवा दोभानमा मंगलबार पहिरोले पुरिएर सासु बुहारीको मृत्यु भएको छ । पहिरोमा परी सिसुवाखोलाका ५५ वर्षीया मोतीमाया राई र २७ वर्षीया समीक्षा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब ५ बजेको समयमा घर माथिबाट पहिरोसँगै...

ओलीबाट लोकतन्त्रमाथि खतरा छः माधव नेपाल

२०८१ साउन १ गते २०:५९

काठमाण्डु, १ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीबाट मुलुकको लोकतन्त्रमा खतरा रहेको बताएका छन् । समाजवादी मोर्चाको मंगलबार बसेको बैठकमा उनले काँग्रेस–एमाले मिल्नुलाई गठबन्धन र सरकार मात्र नभई यसका पछाडि धेरै खेल हुन सक्ने उल्लेख गरे । ‘कांग्रेस–एमालेले लोकतन्त्र र...

ओलीबाट ठूलो धोका पाएँ, अब कहिल्यै विश्वास गर्दिनः प्रचण्ड

२०८१ साउन १ गते २०:४१

काठमाण्डु, १ साउन–माओवादी केन्द्रका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले धोका दिएको भन्दै जनतामा जाने चेतावनी दिएका छन् । मंगलबार बसेको समाजवादी मोर्चाको बैठकमा प्रचण्डले ओलीबाट ठूलो धोका खाएकाले जनतामा जानुपर्ने बताए । काँग्रेस–एमाले गठबन्धनले नेपाली जनताको लामो बलिदानपूर्ण...

केपी ओली प्रधानमन्त्री भएसँगै प्रतिगमनको खतरा बढ्योः केसी

२०८१ साउन १ गते २०:३०

काठमाण्डु, १ साउन–राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएसँगै मुलुकमा प्रतिगमनको खतरा बढेको बताएका छन् । काँग्रेस–एमाले गठबन्धनबारे पार्टी धारणा सार्वजनिक गर्न मंगलबार विज्ञप्ति जारी गर्दै उनले देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा बढेको बताएका हुन् । यही...

विगतमा घेराबन्दी थियो, अहिले छैन: प्रधानमन्त्री ओली

२०८१ साउन १ गते १९:००

काठमाण्डु, १ साउन– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा जस्तो अहिले घेराबन्दीको अवस्था नरहेको दाबी गरेका छन । आज (मंगलबार) बालुवाटारमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले विगतमा आफूले पार्टीभित्रकै डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको पनि दाबी गरेका छन...

वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश

२०८१ साउन १ गते १८:०९

काठमाण्डु, १ साउन– सर्वोच्च अदालतले काठमाण्डु उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us