त्रिशूलीमा हराएका बसको चालक र सह–चालकको शव भेटियो

काठमाण्डु टुडे २०८१ साउन २ गते ९:१४ मा प्रकाशित

काठमाण्डु, २ साउन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार पहिरोसँगै शित्रूलीमा बेपत्ता भएका दुईमध्ये एउटा बसका चालक र सह–चालकको शव फेला परेको छ ।

काठमाण्डुबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश ०३०११ख२५९५ नम्बरको गणपति डिलक्सका चालक रौतहट परोहा नगरपालिका–६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका–१० का ४८ वर्षीय ऋषिकुमार सिंहको शव भेटिएको हो ।

उनीहरुको शव घटनास्थलबाट १ सय ३ किलोमिटर टाढा नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेजनजिकै फेला परेको प्रहरीले जनाएको छ । हालसम्म बेपत्ता ५ दर्जन बढीमध्ये १७ वटा शव पेला परेको छ । भेटिएकामध्ये ९ जनाको शवको मात्र सनाखत भएको छ ।

सनाखत भएका मृतकमा ६ नेपाली र ३ भारतीय छन् । हराएकाहरुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर तथा जनपद प्रहरीको टोलीसहित ५ सय सुरक्षाकर्मी परिचालित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us