काठमाण्डु, ५ साउन– चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आएको छ । उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएको स्रोतले जानकारी दिएको छ । उनीहरू गएराति साढे १२...
काठमाण्डु, ५ साउन– सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान बस्नेगरी संसदीय दलको बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठक भोलि मध्याह्न १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से...
काठमाण्डु, ५ साउन– गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन । हिजो शुक्रबार भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई समेत सम्बोधन गर्दै गृहमन्त्रीले लेखकले यस्तो निर्देशन दिएका हुन । उनले...
काठमाण्डु, ४ साउन– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरेका छन । आज शनिबार नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले अहिलेको सरकार देश...
काठमाण्डु, ४ साउन– आज शनिबार पनि देशभर आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ...
काठमाण्डु , ४ साउन – नेकपा एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र बुझाएको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेट गरी आज सुझावपत्र बुझाएको हो । सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने...
काठमाण्डु, ४ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने तीन विपक्षी दलले निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त...
काठमाण्डु, ४ साउन– त्रिशूलीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा फेला परेको प्रहरीले जानकारी दिएको छ । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल...
काठमाण्डु, ४ साउन– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले आगामी ६ साउनमा विश्वास मत लिँदैछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको...
काठमाण्डु, ४ साउन– प्रमुख प्रतिपक्ष दल माओवादी सहित प्रतिपक्षी दलहरुको बैठक बसेर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार लिने विश्वासको मतका बारेमा छलफल गरेका छन् । आज (शुक्रबार) नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी...
काठमाण्डु, ४ साउन– माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले आज शुक्रबार बसेको राष्ट्रिय सभामाको बैठकमा एक कविता सुनाएका छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा असार १७ गते भएको सहमतिप्रति आशंका गर्दै कवितामार्फत प्रश्न गरेका...
काठमाण्डु, ४ साउन– गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबिच भेटवार्ता भएको छ । आज शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना सहित भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा राजदूत थम्पसनले अमेरिका नेपालको सामाजिक आर्थिक विकासका...