देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८१ साउन ५ गते ९:०६ मा प्रकाशित

काठमाण्डु, ५ साउन– सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान बस्नेगरी संसदीय दलको बैठक बोलाएको एक नेताले जानकारी दिएका छन ।

बैठक भोलि मध्याह्न १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । भोली आइतबार बस्ने प्रतिनिधि सभाको बैठकबाट एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।

बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुने ति नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us