काठमाण्डु, ४ साउन– आज शनिबार पनि देशभर आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
आगामी २४ मेघ गर्जनरचट्याङसिहत हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ ।