काठमाण्डु, २६ साउन– गृहमन्त्री रमेश लेखकले सशस्त्र युद्धका बेला भएका बलात्कार घटनाका दोषीलाई सजाय छुट नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले बलात्कारका दोषीले सजाय छुट नपाउने बताए । बलात्कारमा सजाय कम हुँदा समाजमा नकारात्मक सन्देश जाने उनको भनाइ थियो ।...
बुटवल, २६ साउन– साँढे गोरुले कुल्चिएर घाइते भएकी महिलाको उपचारका क्रममा शनिबार बिहान ज्यान गएको छ । गुल्मीको रेसुंगा नगरपालिका–४ घर भई हाल बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको साँढेले कुल्चिएर मुत्यु भएको प्रहरीले जनाएको छ । पाण्डे बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा चिया पसल...
म्याग्दी, २६ साउन– पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य छन् । बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम...
भक्तपुर, २५ साउन- भक्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलबाट घर फर्किने क्रममा...
काठमाण्डु, २५ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्ने प्रस्ताव राखेका छन् । जारी पार्टी केन्द्रीय समिति बैठकमा शर्माले देउवालाई लक्षित गरी राखेको समसामयकि प्रस्तावमा एउटा व्यक्ति दुईपटक बढी प्रधानमन्त्री हुन नपाउने उल्लेख छ । पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा छैठौंपटक...
काठमाण्डु, २५ साउन– जनमत पार्टीले मधेस सरकारको मन्त्रिपरिषद जम्बो बनाएकामा मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीसँग समन्वय नै नगरी मुख्यमन्त्रीले ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेकामा आपत्ति जनाउँदै उनीसँग प्रष्टीकरण सोधेको हो । सिंहले मधेसमा २० सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । जनमतका...
काठमाण्डु, २५ साउन– भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउने भएका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाण्डु आउन लागेका हुन् । भारतको परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मिस्री नेपाल आउन लागेको जानकारी दिएको छ । मिस्रीको...
काठमाण्डु, २५ साउन– इको ब्राण्डको मिनिरल वाटरमा कीटाणु फेला परेको छ । आज शुक्रबार काठमाण्डुको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा कीटाणु भेटाएका थिए । सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो कीटाणु भेटिएपछि काठमाण्डु महानगरपालिकाको अनुगमन टोलीले...
काठमाण्डु, २५ साउन– विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकाल बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन । शर्माले आफू बिरामी रहेको र ४ वर्षदेखि थुनामै रहेको भन्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका छन ।...
काठमाण्डु, २५ साउन– टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ । उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक...
काठमाण्डु, २५ साउन– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी र सृजनशील बनाउन आवश्यक भएको बताएका छन । आज शुक्रबार ३० औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
काठमाण्डु, २५ साउन– प्रहरीले ६ किलो कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । बाह्य मुलुकबाट हवाइमार्ग हुँदै नेपाल भित्रिएको कोकिनसहित एक जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेको विवरण भने लागु औषध ब्यूरोले सार्वजनिक गरेको छैन ।...