६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ

काठमाण्डु टुडे २०८१ साउन २५ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, २५ साउन– प्रहरीले ६ किलो कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । बाह्य मुलुकबाट हवाइमार्ग हुँदै नेपाल भित्रिएको कोकिनसहित एक जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेको विवरण भने लागु औषध ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us