बुटवल, २६ साउन– साँढे गोरुले कुल्चिएर घाइते भएकी महिलाको उपचारका क्रममा शनिबार बिहान ज्यान गएको छ ।
गुल्मीको रेसुंगा नगरपालिका–४ घर भई हाल बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको साँढेले कुल्चिएर मुत्यु भएको प्रहरीले जनाएको छ ।
पाण्डे बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी थिइन् ।
उनलाई गत २० साउनमा साँढेले कुल्चिएर गम्भीर घाइते बनाएको थियो । दुईवटा साँढे जुधिरहेकामा एउटा भाग्दै गर्दा उनलाई कुल्चिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।
स्थानीयले उद्धार गरी गम्भीर अवस्थामा उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेका थिए ।