समाचार

५८ लाख ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

२०८१ साउन २७ गते १२:४७

काठमाण्डु, २७ साउन– प्रहरीले ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–२ का ८१ वर्षीय रामप्रसाद पौड्याल रहेको प्रहरीले जानकारी दिएको छ । लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको मुद्दामा उनलाई बिगो बराबरको...

करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते

२०८१ साउन २७ गते १२:३९

काठमाण्डु, २७ साउन– सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ४३ वर्षीय विष्णु राई रहेको प्रहरीले जानकारी दिएको छ । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय राईको करेन्ट लागेर मृत्यु...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

२०८१ साउन २७ गते १२:३५

काठमाण्डु, २७ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका...

चूडामणि शर्माको थुनुवा मुद्दाको पेशी न्यायाधीश शर्माको इजलासमा

२०८१ साउन २७ गते १२:०६

काठमाण्डु, २७ साउन– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर आफैँ आत्मसमर्पण गरेपछि थुनामा रहेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकीएको छ । शर्माले विशेष अदालत समेत ४ लाई विपक्षी बनाउँदै साउन २५ गते मुद्दा...

माओवादी स्थायी कमिटी: आज पनि नेताहरूले धारणा राख्ने

२०८१ साउन २७ गते १०:३१

काठमाण्डु, २७ साउन– आज आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र...

तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

२०८१ साउन २७ गते ९:२६

काठमाण्डु, २७ साउन– तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन । पृथ्वीराजमार्गअन्तर्गत को आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले...

आज देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना

२०८१ साउन २७ गते ८:१५

काठमाण्डु, २७ साउन– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली...

महिलाको शव भेटियो

२०८१ साउन २७ गते ७:३७

गुल्मी, २७ साउन– गुल्मीमा एक महिलाको शव फेला परेको छ । चन्द्रकोट गाउँपालिका–८ बडीगाड खोलामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । गुल्मी प्रहरीका इन्स्पेक्टर रामकुमार केसीले मृतकको परिचय नखुलेको बताए । स्थानीयले खोलामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए...

विद्युत विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु

२०८१ साउन २७ गते ७:२६

बाजुरा, २७ साउन– बिजुलीको लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । बाजुरा प्रहरीका निरीक्षक रवीन्द्रसिंले बडीमालिका–६ जडनङ्गामा ३३ केभीको लाइन विस्तारका क्रममा विष्टलाई करेन्ट लागेको...

बाख्राको खोरमा भेटियो ८ किलोको अजिंगर

२०८१ साउन २७ गते ७:२२

कञ्चनपुर, २७ साउन– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा बाख्राको खोरमा अजिंगर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र शनिबार अजिंगर फेला परेको हो । आठ किलो तौल र तीनभन्दा बढी लम्बाई भएको अजिंगर भेटिएको वडा सदस्य डबलबहादुर ऐरले जानकारी दिए । बाख्राको खोरभित्र...

भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै

२०८१ साउन २७ गते ७:१४

काठमाण्डु, २७ साउन– भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदैछन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । सोमबार भारत फर्कनुअघि मिश्रीले समकक्षी लम्सालका साथै राजनीतिक भेटवार्ता गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाउको छ । मिश्रीको...

दुईवटा बस पल्टियो, १३ यात्रु घाइते

२०८१ साउन २६ गते २०:२२

तनहुँ, २६ साउन–पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा शनिबार बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका प्रहरीले जनाएको छ । दुवै सवारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us