काठमाण्डु, २७ साउन– भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदैछन् ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । सोमबार भारत फर्कनुअघि मिश्रीले समकक्षी लम्सालका साथै राजनीतिक भेटवार्ता गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाउको छ ।
मिश्रीको भ्रमणले दुई देशबीचको उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।