महिलाको शव भेटियो

काठमाण्डु टुडे २०८१ साउन २७ गते ७:३७ मा प्रकाशित

गुल्मी, २७ साउन– गुल्मीमा एक महिलाको शव फेला परेको छ ।

चन्द्रकोट गाउँपालिका–८ बडीगाड खोलामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गुल्मी प्रहरीका इन्स्पेक्टर रामकुमार केसीले मृतकको परिचय नखुलेको बताए ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us