बाख्राको खोरमा भेटियो ८ किलोको अजिंगर

काठमाण्डु टुडे २०८१ साउन २७ गते ७:२२ मा प्रकाशित

कञ्चनपुर, २७ साउन– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा बाख्राको खोरमा अजिंगर फेला परेको छ ।

स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र शनिबार अजिंगर फेला परेको हो । आठ किलो तौल र तीनभन्दा बढी लम्बाई भएको अजिंगर भेटिएको वडा सदस्य डबलबहादुर ऐरले जानकारी दिए ।

बाख्राको खोरभित्र भेटिएको अजिंगरलाई सुरक्षित साथ समातेर बोरोमा राखेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खबर गरिएको थियो । निकुञ्जको टोलीलाई अजिंगर जिम्मा लगाएर पठाइएको ऐरले बताए ।

अजिंगरलाई सुरक्षित क्षेत्रमा लगेर छाडिएको निकुञ्जले जनाएको छ । आहाराको खोजीमा अजिंगर निकुञ्जबाट बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us