काठमाण्डु, २५ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्ने प्रस्ताव राखेका छन् ।
जारी पार्टी केन्द्रीय समिति बैठकमा शर्माले देउवालाई लक्षित गरी राखेको समसामयकि प्रस्तावमा एउटा व्यक्ति दुईपटक बढी प्रधानमन्त्री हुन नपाउने उल्लेख छ ।
पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा छैठौंपटक प्रधानमन्त्री बन्ने तयारीमा छन् । एमाले र काँग्रेसबीच गत १७ असारमा भएको सत्ता साझेदारीसम्बन्धी सहमतिमा दुई वर्ष केपी ओली र बाँकी डेढ वर्ष चुनावी सरकारको नेतृत्व देउवाले गर्ने उल्लेख छ ।
शर्माले देउवालाई रोक्ने उद्देश्यसहित प्रस्ताव राखेकामा देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणाले शुक्रबारको बैठकमा आपत्ति जनाइन् । राणाले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था संविधानको भावनाविपरीत हुने बताइन् ।
‘नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले यस्तो अलोकतान्त्रिक निर्णय गर्न मिल्दैन’, शर्माको प्रस्तावमा आपत्ति जनाउँदै राणाले भनिन्, ‘संविधानमै नभएको व्यवस्थाबारे छलफल गर्नु नै बेकारको कुरा हो ।’
यस्तै प्रवक्ता प्रकाशशरण महतले पनि त्यसमा आपत्ति जनाए । उनले देउवालाई प्रधानमन्त्री बन्न रोक्ने नियतसहित आएको प्रस्ताव स्वीकार्य हुन नसक्ने बताए । महतले शर्माको प्रस्ताव संविधानसम्मत, व्यवहारिक र