राष्ट्रिय सभालाई थप समावेशी र सृजनशील बनाउन आवश्यक छ: पर्यटनमन्त्री पाण्डे

काठमाण्डु टुडे २०८१ साउन २५ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, २५ साउन– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी र सृजनशील बनाउन आवश्यक भएको बताएका छन ।

आज शुक्रबार ३० औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरूलाई थप समावेशी बनाउनका लागि संविधानले मान्यता दिएका आयोगहरूले विकल्प दिनुपर्ने बताएका छन ।

उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी बनाउन के उपाय अपनाउनुपर्ला रु अहिले भइरहेको प्रतिनिधि सभाको समानुपातिक प्रणालीलाई अझ सृजनशील बनाउन के उपाय अपनाउनुपर्ला रु प्रदेश सभा र स्थानीय तहसम्मलाई समावेशी बनाएका छौँ, समानुपातिक बनाएका छौँ ।

यसलाई अझै समावेशी र सृजनशील बनाउनका लागि आदिवासी जनजाति जस्ता आयोगहरूबाट योजना र परामर्श लिएर काम गर्नुपर्छ ।’ उनले संविधानले मान्यता दिएका साम्प्रदायिक आयोगहरूले भावावेशमा आएर नभई तथ्य र तथ्याङ्कमा विकल्प दिन उनले आग्रह गरेका छन ।

त्यस्तै मन्त्री पाण्डेले आदिवासी जनजातिको हक र अधिकार संरक्षण गर्नेतर्फ नेपाल सरकार प्रतिविद्धताका साथ अगाडि बढ्ने विश्वास दिलाएका छन । नेपालभित्र रहेर मात्र नभई संयुक्त राष्ट्र सङ्घ र मित्र राष्ट्रहरूसँग पनि पहलकदमी गरेर आदिवासी जनजातिको सम्मान र अधिकारका लागि सरकार अन्तर्राष्ट्रिय रूपमा पहलकदमी गर्न सक्रिय रहने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us