समाचार

प्रधानमन्त्री ओली र बेलायती राजदूतबिच भेटवार्ता

२०८१ साउन २९ गते १६:२३

काठमाण्डु, २९ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनलेबिच शिष्टाचार भेटवार्ता भएको छ । आज मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको...

रास्वपा सांसद ढकालले बोल्दै गर्दा सभामुखले रोकेपछि…

२०८१ साउन २९ गते १४:५६

काठमाण्डु, २९ साउन– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले बिचमै रोकेपछि संसद्मा विवाद भएको छ । सभामुखले ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना...

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन रास्वपा सांसद गौतमको आग्रह

२०८१ साउन २९ गते १४:५०

काठमाण्डु, २९ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेह गरेकी छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन पनि...

संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिन्छ: महामन्त्री थापा

२०८१ साउन २९ गते १४:४३

काठमाण्डु, २९ साउन– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन । आज (मंगलबार)को प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको...

बिजुलीको बक्यौता एक रुपैयाँ पनि छोड्नुहुन्न: गगन थापा

२०८१ साउन २९ गते १४:३९

काठमाण्डु, २९ साउन– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन । आज मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको...

१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

२०८१ साउन २९ गते १३:३२

काठमाण्डु, २९ साउन– संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ । आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य...

ट्रकमा च्यापिएर चालकको मृत्यु

२०८१ साउन २९ गते १३:१३

काठमाण्डु, २९ साउन– सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राई रहेको प्रहरीले जानकारी दिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१...

प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर

२०८१ साउन २९ गते १३:०६

काठमाण्डु, २९ साउन– सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकको कार्यसूची हेरफेर भएको संसद् सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा...

मोरङको बेलबारीमा हात्ती मृत फेला

२०८१ साउन २९ गते १२:५७

काठमाण्डु, २९ साउन– मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा फेला परेको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन । सबडिभिजन वन कार्यालय बेलबारी,...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ साउन २९ गते १२:४५

काठमाण्डु, २९ साउन– सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राई रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिएका छन । आज बिहान साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत...

मधेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

२०८१ साउन २९ गते १२:३८

काठमाण्डु, २९ साउन– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरीएको स्रोतले जनाएको छ । गत २५ जेठमा २५ मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका...

भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य: रास्वपा

२०८१ साउन २९ गते १२:३२

काठमाण्डु, २९ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । आज मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो । प्रमुख सचेतक सन्तोष परियारले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us