समाचार

७ भदौ सम्मका लागि कांग्रेस बैठक स्थगित

२०८१ साउन २८ गते १८:१७

काठमाण्डु, २८ साउन– कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी रहेको छ । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा.मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता...

सञ्चारकर्मीलाई प्रचण्डको प्रतिक्रिया– तपाईँलाई भएको हो तनाव, हामीलाई केही भएको छैन

२०८१ साउन २८ गते १८:०५

काठमाण्डु, २८ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चर्किएको बहसले केहि तनाव नभएको बताएका छन । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाडामा स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले सबै विवाद...

झापाबाट पेस्तोलसहित युवक पक्राउ

२०८१ साउन २८ गते १७:४८

काठमाण्डु, २८ साउन– प्रहरीले झापाको दमकबाट पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दमक नगरपालिका–५ मा को-३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको...

मधेस सरकारको विरोधमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

२०८१ साउन २८ गते १७:३४

काठमाण्डु, २८ साउन– मधेसमा जम्बो मन्त्रीमण्डल विस्तार गरेको विरोधमा जनकपुरमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ । जसपा नेपाल निकट विद्यार्थीहरूले सोमबार निकालेको सिटी जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको प्रहरीले जानकारी दिएको छ । सिटी जुलुसमा सहभागी विद्यार्थीहरूले प्रहरी सुरक्षा घेरा...

यही पद्धतिले स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन: स्वास्थ्यमन्त्री पौडेल

२०८१ साउन २८ गते १७:२२

काठमाण्डु, २८ साउन– कांग्रेसको केन्द्रीय समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा...

एनसेल सेवामा समस्या

२०८१ साउन २८ गते १७:०७

काठमाण्डु, २८ साउन– देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या देखिएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको एनसेलले जनाएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको...

प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

२०८१ साउन २८ गते १६:४७

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको वालुवाटार उच्च स्रोतले जानकारी दिएको छ...

कांग्रेस बैठकमा विनोद चौधरीले सोधेः निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ?

२०८१ साउन २८ गते १६:३६

काठमाण्डु, २८ साउन– कांग्रेस केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले निजी क्षेत्रका लगानीकर्ता निराश भएको बताएका छन । उनले ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा निजी क्षेत्रसँग रहेको भन्दै उनले लगानीकर्ता अहिले निराश र त्रसित रहेको बताएका छन । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने...

परराष्ट्र मन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

२०८१ साउन २८ गते १६:२४

काठमाण्डु, २८ साउन–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ । मन्त्रालयमा सोमबार भएको सो भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले स्रोतले जानकारी...

सुमेरु सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ

२०८१ साउन २८ गते १६:१६

काठमाण्डु, २८ साउन– आज सोमबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ गरेको छ । आज बसेको समितिको बैठकमा विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सुमेरु बचत तथा...

काठमाण्डुबाट धरान जाँदै गरेको बस चितवनमा ट्रकसँग ठोक्कियो, १० जना घाइते

२०८१ साउन २८ गते १५:३७

काठमाण्डु, २८ साउन– चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन । काठमाण्डुबाट धरानतर्फ जाँदै गरेको बागमती प्रदेश०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना-६ ख- ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा...

रास्वपाले बोलायो संसदीय दलको बैठक

२०८१ साउन २८ गते १४:३८

काठमाण्डु, २८ साउन– रवि लामिछाने नेतृत्वको रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । बैठक साउन २९ गते मङ्गलवार बिहान १ः ३० बजे बस्ने गरी बोलाएको सांसद मनिष झाले जानकारी दिएका छन । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पाँच वटा विषयमा छलफलका हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us