झापाबाट पेस्तोलसहित युवक पक्राउ

काठमाण्डु टुडे २०८१ साउन २८ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, २८ साउन– प्रहरीले झापाको दमकबाट पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दमक नगरपालिका–५ मा को-३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन ।

आरोपीको साथबाट प्रहरीले ‘मेड इन इटली’ लेखिएको पेस्तोल र सो पेस्तोलमा लाग्ने दुईथान म्याग्जिन बरामद गरीएको पनि प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us