काठमाण्डु, २८ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चर्किएको बहसले केहि तनाव नभएको बताएका छन ।
आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाडामा स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन ।
उनले सबै विवाद मिलेर जाने पनि दाबी गरेका छन । उनले भने, ‘केही छैन, सबै मिलेर जान्छन् । तपाईँहरूलाई हो टेन्सन, हामीलाई केही भएको छैन’, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने ।
चार दिनदेखि जारी रहेको स्थायी समिति बैठकमा नेताहरू विचारको विकास, पार्टी निर्माणको साथै नेतृत्वको विकल्पको विषयमा समेत खुलेर बहस भइरहेको छ ।
गत शनिबार उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणका लागि तीन विकल्प अघि सारेका थिए । सोही प्रस्तावको विषय कोट्याएर सञ्चारकर्मीले बैठकमा तपाईँको राजीनामा मागिएका छन् के छ विचार भनेर सोधका थिए ।