काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको वालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली र मिस्रीबीच आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको थियो । भेटका अवसरमा दुईपक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।