संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिन्छ: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ साउन २९ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, २९ साउन– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन ।

आज (मंगलबार)को प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने पनि बताएका छन ।

उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने पनि बताएका छन । उनले भने, ‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ, ‘तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो ? भनेर प्रश्न गरिने गरिएको छ ।’

उनले संविधान संशोधन गरेर जम्बो संसद्को आकार घटाउन सकिने बताए । ‘संसद्को जम्बो आकार घटाउन सकिन्छ । समानुपातिक समावेशी बढाउन सकिन्छ ।’

थापाले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ छोड्न नहुने पनि बताएका छन । उनले भने, ‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले कसैलाई अप्ठेरो पार्न नहुने भन्दै भने, ‘विधिको शासन भनेको त्यही हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us