काठमाण्डु, २९ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेह गरेकी छन ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन पनि उनले माग गरेकी छन ।
उनले भने, ‘ईयूको कालोसूचीमा पर्नुदेखि अहिले भएका सबै घटनाले हाम्रो नियामक निकाय असफल भइसकेको पुष्टि भएको छ, ‘अघिल्लो पटक नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक आएको थियो ।
तर अलपत्र भएको छ ।’ उनले प्रधानमन्त्रीलाई यो विधेयक ल्याउन माग गरिन् । जनताको मृत्यु भनेको सत्ताको खेलमा आहुति दिने कुरा नभएको भन्दै उनले हवाई दुर्घटनामा गम्भीर हुन आग्रह गरिन् ।
उनले हवाई सेवा प्रदायक निकाय र नियामक निकायलाई अलग गराउने कार्य तत्काल होस् भनी माग पनि गरेकी छन ।