मधेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

काठमाण्डु टुडे २०८१ साउन २९ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, २९ साउन– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरीएको स्रोतले जनाएको छ ।

गत २५ जेठमा २५ मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए । २२ साउनमा मात्रै उनले पाँच राज्यमा नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए ।

जसको चौतर्फी आलोचना भएको थियो । त्यसपछि ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरीएको हो । जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो ।

बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई आज बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us