काठमाण्डु, २९ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । आज मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।
प्रमुख सचेतक सन्तोष परियारले भने, ‘भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा भएको छ, यो कदाचित स्वीकार्य छैन ।’ भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्न अवस्था हुनुपर्ने रास्वपाको माग छ ।
सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरिएको छ भने कांग्रेसले यसको विरोध गरेको छ ।