काठमाण्डु, २९ साउन– सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राई रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिएका छन ।
आज बिहान साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रकभित्र नै चेपिएर चालकको घट्नास्थलमानै मृत्यु भएको र क्रेन र जेसिबिको सहयोगमा शव निकाल्ने कार्य भइरहेको डिएसपी न्यौपानेले जानकारी दिएका छन ।