ट्रकमा च्यापिएर चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २९ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, २९ साउन– सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राई रहेको प्रहरीले जानकारी दिएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शम्भुनाथ–५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिएका छन । शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको न्यैपानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us