समाचार

कोटेश्वरबाट खैरो हेरोइनसहित ८ जना पक्राउ

२०८१ साउन ३१ गते १०:३३

काठमाण्डु, ३१ साउन– प्रहरीले काठमाण्डु महानगरपालिका–३२ स्थित कोटेश्वरबाट लागुऔषध खैरो हेरोइन सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ३३ दशमलव ७६ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । पक्राउ पर्ने...

राष्ट्रियसभा बैठक बस्दै

२०८१ साउन ३१ गते १०:११

काठमाण्डु, ३१ साउन– सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बिहिबार बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२०८१ साउन ३१ गते ९:२४

काठमाण्डु, ३१ साउन– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको महाशाखाले जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०८१ साउन ३१ गते ९:०६

काठमाण्डु, ३१ साउन– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहिबार बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम...

श्रीमानद्वारा श्रीमतीको विभत्स हत्या

२०८१ साउन ३१ गते ८:५८

मकवानपुर, ३१ साउन– मकवानपुरमा श्रीमती हत्यामा संलग्न श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–५ कालीखोलाका २६ वर्षीय मंगलबहादुर पाख्रिन रहेको प्रहरीले जनाएको छ । मंगलले श्रीमती २० वर्षीया लक्ष्मीको हत्या गरेका हुन् । प्रहरीलाई दिएको बयानमा उनले लक्ष्मीलाई गत मंगलबार दिउँसो हत्या...

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

२०८१ साउन ३१ गते ८:५८

काठमाण्डु, ३१ साउन– जिल्ला प्रशासन कार्यलय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या व्यापक बढेको छ । आर्थिक वर्ष ०८०–८१ मा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ । गत आवमा राहदानीबापत १४ करोड...

जो अदालतलाई १ हजार जरिवाना नतिरेर १७ महिना फरार भइन्…

२०८१ साउन ३१ गते ८:४५

पाल्पा, ३१ साउन– पाल्पा प्रहरीले तीन फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–६ बसर्पाककी ४७ वर्षीया नारायणी राना, तानसेन–३ का ४४ वर्षीय अर्जुन थापा र रामपुर नगरपालिका–५ का २४ वर्षीय अप्सनबहादुर ठकुरी छन् । रानालाई जिल्ला अदालत पाल्पाले १४ मंसिर २०८०...

बेचन विरुद्धको मुद्दामा आज थुनछेक बहस

२०८१ साउन ३१ गते ८:२५

काठमाण्डु, ३१ साउन– आज (बिहिबार)बाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि थुनछेक बहस सुरु हुँदै छ । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउने छ । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाण्डुमा...

६ भदौमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२०८१ साउन ३० गते १८:१८

काठमाण्डु, ३० साउन– आगामी ६ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम हुने भएको छ । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् । समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने प्रश्न २ भदौभित्र संसद...

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

२०८१ साउन ३० गते १७:४०

काठमाण्डु, ३० साउन– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा बेचन झाविरुद्ध मुद्दा हेर्दाहेर्दैमा परेको छ । आज (बुधबार) जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तिर्थराज केसीको इजलासमा भएको झाविरुद्धको मुद्दाको पेशी गरेको थियो । उनीविरुद्धको मुद्दा बुधबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो...

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

२०८१ साउन ३० गते १७:३५

काठमाण्डु, ३० साउन– आज बुधबार बसेको प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग...

विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ३ कलेजमा विद्यार्थी भर्ना गर्न रोक

२०८१ साउन ३० गते १७:३०

काठमाण्डु, ३० साउन– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक गरेको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा रहेको नेपाल एजुकेसन फाउन्डेसन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us