जो अदालतलाई १ हजार जरिवाना नतिरेर १७ महिना फरार भइन्…

काठमाण्डु टुडे २०८१ साउन ३१ गते ८:४५ मा प्रकाशित

पाल्पा, ३१ साउन– पाल्पा प्रहरीले तीन फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका–६ बसर्पाककी ४७ वर्षीया नारायणी राना, तानसेन–३ का ४४ वर्षीय अर्जुन थापा र रामपुर नगरपालिका–५ का २४ वर्षीय अप्सनबहादुर ठकुरी छन् ।

रानालाई जिल्ला अदालत पाल्पाले १४ मंसिर २०८० मा चेकअनादर मुद्दामा एक हजार जरिवानाको फैसला गरेको थियो । तर, उनी त्यसयता फरार थिइन् । थापा सवारी ज्यान मुद्दामा २ जेठ २०८० मा २ महिना ८ दिन कैद सजाय तोकिएपछि फरार थिए ।

ठकुरी २० असार २०८० मा जिल्ला अदालतले अभद्र व्यवहार मुद्धामा ८ हजार जरिवानको फैसला गरेपछि फरार थिए । पाल्पा प्रहरीका निरीक्षक सन्दीप बेल्वासेले तीनै जनालाई सजाय भुक्तानीका लागि अदालत पेश गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us