झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

काठमाण्डु टुडे २०८१ साउन ३१ गते ८:५८ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– जिल्ला प्रशासन कार्यलय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या व्यापक बढेको छ । आर्थिक वर्ष ०८०–८१ मा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ ।

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरेको छ ।

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us