काठमाण्डु, ३० साउन– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा बेचन झाविरुद्ध मुद्दा हेर्दाहेर्दैमा परेको छ ।
आज (बुधबार) जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तिर्थराज केसीको इजलासमा भएको झाविरुद्धको मुद्दाको पेशी गरेको थियो । उनीविरुद्धको मुद्दा बुधबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो ।
अब भोलि बिहीबार पुनस् सुनुवाइ हुने भएको छ । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा बुझाएको प्रतिवेदनको आधारमा मंगलबार काठमाण्डु जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर भएको थियो ।
झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको छ । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ ।