काठमाण्डु, ३० साउन– आगामी ६ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम हुने भएको छ । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् ।
समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने प्रश्न २ भदौभित्र संसद सचिवालयमा बुझाइ सक्नुपर्नेछ । संसद नियमावलीअनुसार हरेक महिना प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने छ ।
यसका लागि एक पटकमा बढीमा १५ जना सांसदले प्रश्न गर्ने गरी सांसदहरुको समूह बनाइएको छ ।