काठमाण्डु, ३२ साउन– आज राति ११ बजेदेखि नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै ग्राहक सेवा प्रणाली स्तरोन्नतीका लागि राति चार घण्टा ती सेवा बन्द हुने जनाएको हो । सेवा प्रभावित...
डोटी, ३२ साउन– डोटीमा शुक्रबार बिहान गुडिरहेको बस सडकबाट खसेर दुई घरमा क्षति पुगेको छ । धनगढीबाट दिपायल जाँदै गरेको ना५ख ४४५१ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत दिपायल सिलगढी नगरपालिका–४ मा बिहान करिब ५ बजेको समयमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।...
काठमाण्डु, ३२ साउन– गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको विषयमा छानबिन गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । मन्त्री लेखकको सचिवालयका अनुसार उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई घटनाको कारणबारे छानबिन गरी दोषीमाथि कारबाहीका लागि निर्देशन दिएका हुन् ।...
डोटी, ३२ साउन– डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । धनगढीबाट बिहीबार साँझ छुटेको शैलेश्वरी यातायातको ना५ख४४५१ नम्बरको बस शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजना गम्भीर घाइते छन् । बस सडकबाट...
काठमाण्डू, ३१ साउन- भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति पुरुष रहेको खुलेको छ । भक्तपुर प्रहरी परिसरका डिएसपी राजन कार्कीले मृतक अन्दाजी ४०/४५ वर्षका पुरुष रहेको बताए । मृतकको सनाखत हुन बाँकी छ । घटनास्थल स्थलमा भेटिएको स्कुटरको बिलबुकमा सवारी धनीको नाम...
भक्तपुर, ३१ साउन- भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि फरार भएका ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्रक चालक सर्लाही मलंगवा नगरपालिका-२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठ छन् । मघ्यपुर ठिमी नगरपालिका- ३ गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ना६ख २१७३...
काठमाण्डु, ३१ साउन– पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । बिहीबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको...
काठमाण्डू, ३१ साउन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् । पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताए । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने हल्ला फिँजाइएको...
भक्तपुर, ३१ साउन– बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भयो । प्रहरीले दुर्घटनामा परी ज्यान गुमाउने दोलखा मेलुङ गाउँपालिका–४ घर की २३ वर्षीया सुष्मा नेपाली भएको बतायो । दिनभर जसो सबै सञ्चार माध्यममा सुष्माको मृत्यु भएका खबरहरु प्रसारित भए । तर, जब दुर्घटनामा...
काठमाण्डु, ३१ साउन– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले...
काठमाण्डु, ३१ साउन– संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन । संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बिहिबार बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन । बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई...
काठमाण्डु, ३१ साउन– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन । स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत...