काठमाण्डु, ३१ साउन– पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले बिहीबार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।
बिहीबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य सूची बिहीबार राति १२ बजेबाट लागू हुनेछ ।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२ तथा डिजल र मट्टीतेल १ सय ५२ रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४ र डिजल तथा मट्टीतेल १ सय ५४ रुपैयाँ, काठमाण्डु, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।