समाचार

धर्मको आडमा अपराध कर्ममा संलग्न भण्डारी कसरी भए विजय कृष्णमुर्ति ?, पक्राउ गर्न खोज्दा प्रहरीमाथि हुलहुज्जत

२०८१ भदौ १ गते ९:०६

काठमाण्डु, १ भदौ–प्रहरीले पशुपति मन्दिर परिसरमा कोटिहोम आयोजना गर्ने विजय भण्डारी उर्फ विजय कृष्णमुर्तिलाई पक्राउ गर्ने प्रयास गरेको छ । विवादित पृष्ठभूमिका भण्डारीले एक महिना पुशपतिमा कोटिहोम लगाएका थिए । समापनपछि शुक्रबार राति प्रहरी टोली उनलाई पक्रन पशुपति परिसर पुगेको थियो । तर, उनका...

दूतावासले नेपाली विद्यार्थीलाई भन्योः क्यानडामा रोजगारी र डेरा पाउन मुस्किल छ

२०८१ भदौ १ गते ८:३५

काठमाण्डु, १ भदौ– क्यानडाको अटवास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा नआउन विद्यार्थीलाई आग्रह गरेको छ । रोजगारी र डेरा पाउन मुस्किल रहेको भन्दै अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीलाई दूतावासले सचेत गराएको हो । दूतावासले विज्ञपितमार्फत विद्यार्थीलाई ७ बुँदे सुझाव दिएको छ । विश्वभरबाट...

सोलुखुम्बुको बाढीमा फसेका ७ जनाको उद्धार, एक जना सम्पर्कविहीन

२०८१ साउन ३२ गते १७:५२

काठमाण्डु, ३२ साउन– सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छन । बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन...

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

२०८१ साउन ३२ गते १७:२५

काठमाण्डु, ३२ साउन– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो । सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने बहस सकिसकेका छन् । सबै पक्षको...

हिमताल फुटेर आएको बाढीले सोलुखुम्बुमा १४ घर बगायो, ७ घर जोखिममा

२०८१ साउन ३२ गते १६:५०

काठमाण्डु, ३२ साउन– सोलुखुम्बुको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जानकारी दिएको छ ।...

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

२०८१ साउन ३२ गते १६:४५

काठमाण्डु, ३२ साउन– सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख...

गट्ठाघर दुर्घटना: ट्राफिकले रोकेको थिएन स्कुटर

२०८१ साउन ३२ गते १५:३५

काठमाण्डु, ३२ साउन– हिजो बिहिबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुवैलाई ट्राफिक प्रहरीले नरोकेको भिडियोमा देख्न सकिन्छ । प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई...

टीआरसी टुंगिन लागेकोमा अमेरिकाले नेपाललाई दियो बधाइ

२०८१ साउन ३२ गते १५:१०

काठमाण्डु, ३२ साउन– नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाइ दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसदबाट विधेयकसमेत पारित भएको पृष्ठभूमिमा अमेरिकाले नेपाललाई...

खुम्बु पासङल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी, हिमपोखरी फुटेको आशङ्का

२०८१ साउन ३२ गते १४:५९

काठमाण्डु, ३२ साउन– हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमपहिरो गएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छन । उनले बाढीले थामे गाउँमा...

सोलुखुम्बुमा हिमपोखरी फुटेको आशङ्का

२०८१ साउन ३२ गते १४:५१

काठमाण्डु, ३२ साउन– हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमपहिरो गएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छन । उनले बाढीले थामे गाउँमा...

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी

२०८१ साउन ३२ गते १४:४३

काठमाण्डु, ३२ साउन– न्याय परिषद्ले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी सुरु गरेको छ । न्याय परिषदमा आज शुक्रबार नियुक्ति सम्बन्धी छलफलका लागि बैठक सुरु भएको स्रोतले जानकारी दिएको छ ।परिषद् स्रोतका अनुसार  सर्वोच्च अदालतका रिक्त ४ र उच्च अदालतका रिक्त...

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

२०८१ साउन ३२ गते १३:५०

काठमाण्डु, ३२ साउन– प्रहरीले दाङबाट आफ्नै श्रीमतीको हत्या गरेको गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ स्याले निवासी ४९ वर्षीय श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन । कुमालविरुद्ध ४२ वर्षीया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us