काठमाण्डु, ३२ साउन– न्याय परिषद्ले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी सुरु गरेको छ ।
न्याय परिषदमा आज शुक्रबार नियुक्ति सम्बन्धी छलफलका लागि बैठक सुरु भएको स्रोतले जानकारी दिएको छ ।परिषद् स्रोतका अनुसार सर्वोच्च अदालतका रिक्त ४ र उच्च अदालतका रिक्त १० न्यायाधीश नियुक्तिका लागि परिषद् बैठक बसेको हो ।
यसअघि न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीशको नियुक्ति गरी पदस्थापना गरेको थियो । सर्वोच्च अदालतमा लामो समयदेखि न्यायाधीश रिक्त रहेको छ ।