काठमाण्डु, ३२ साउन– आज राति ११ बजेदेखि नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ ।
टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै ग्राहक सेवा प्रणाली स्तरोन्नतीका लागि राति चार घण्टा ती सेवा बन्द हुने जनाएको हो । सेवा प्रभावित हुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति टेलिकम व्यवस्थापनले क्षमा मागेको छ । यस्तै सेवा सम्बन्धी समस्या समाधानक
ा लागि यसअघि झैं टोल फ्रि नम्बर १४९८ वा १९८ डायल गर्न भनिएको छ ।