समाचार

सुस्मिता मृत्यु प्रकरणः फरार रहेका युवक झुन्डिएको अवस्थामा मृत फेला

२०८१ पुष २० गते १७:०१

काठमाण्डु, २० पुस– काठमाण्डु महानगरपालिका–९ गौशाला स्थित होटलमा मृत भेटिएको युवती प्रकरणमा फरार रहेका युवक पनि मृत अवस्थामा भेटिएका छन । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । २४ वर्षीय थापाको शव...

सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ

२०८१ पुष २० गते १६:२४

काठमाण्डु, २० पुस– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन । आज शनिबार दिगो पर्यटन सहकारी संस्थाद्वारा आयोजित १४औँ साधारणसभामा...

सभापतिलाई अप्ठ्यारो पार्ने गरी सहकारी सम्बन्धी अध्यादेश ल्याइयोः रास्वपा

२०८१ पुष २० गते १६:१७

काठमाण्डु, २० पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ । शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र...

सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल

२०८१ पुष २० गते १६:०८

काठमाण्डु, २० पुस– नेकपा एमालेले निष्काशन गरेका नेता डा. भिम रावललाई विराटनगरमा नेकपा एकीकृत समाजवादी पार्टी र दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका छन् । एमालेबाट निष्कासनमा परेपछि शनिबार विराटनगर आएका उनलाई विमानस्थलमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिल आलमसहित नेताहरूले स्वागत गरेका हुन...

प्रदेश सरकारको मन्त्रिपरिषदको आकार घटाउनुपर्छः महामन्त्री थापा

२०८१ पुष २० गते १६:०३

काठमाण्डु, २० पुस– कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्न आवाश्यक रहेको बताएका छन । महामन्त्री थापाले स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने...

चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ: महामन्त्री थापा

२०८१ पुष २० गते १६:०१

काठमाण्डु, २० पुस– कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्न आवाश्यक रहेको बताएका छन । महामन्त्री थापाले स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने...

प्रचण्डको कार्यव्यस्तताका कारण माओवादी स्थायी समिति बैठक स्थगित

२०८१ पुष २० गते १५:५०

काठमाण्डु, २० पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बोलइएको बैठक अन्तिम समयमा स्थगित भएको भएको खबर आएको एक नेताले जानकारी दिएका छन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

ट्रकको ठक्करबाट घाइते गिरीको मृत्यु

२०८१ पुष २० गते १४:२६

काठमाण्डु, २० पुस– दाङमा ट्रकको ठक्करबाट घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका – ५ का ७० वर्षीय टेकबहादुर गिरीको बाँकेस्थित नेपालगञ्ज नर्सिङ होममा उपचार क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गिरीको बिहीबार दिउँदो साढे १ बजेतिर मृत्यु भएको...

प्रधानमन्त्री ओली सोलुखुम्बुमा

२०८१ पुष २० गते १४:१९

काठमाण्डु, २० पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बु पुगेका छन् । ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । उद्घाटन कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका-२...

डलर देखाएर ५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ पुष २० गते १४:१४

काठमाण्डु, २० पुस– प्रहरीले सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ रामपुर घर भई भक्तपुर बस्दै आएका ४७ वर्षीय सुजित मिजार रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाडौं उपत्यका अपराध...

गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः कांग्रेस नेता निधि

२०८१ पुष २० गते १४:०९

काठमाण्डु, २० पुस– कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन । आज (शनिबार) मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै कांग्रेस नेता...

धादिङको सलाङघाटमा एक आपसमा ठोक्किए दुइटा कार

२०८१ पुष २० गते १४:०३

काठमाण्डु, २० पुस– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा दुइटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन । आज शनिबार बिहान १० बजे काठमाण्डुबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१९०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us