प्रधानमन्त्री ओली सोलुखुम्बुमा

काठमाण्डु टुडे २०८१ पुष २० गते १४:१९ मा प्रकाशित

काठमाण्डु, २० पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बु पुगेका छन् ।

ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सूर्केमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us