ट्रकको ठक्करबाट घाइते गिरीको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २० गते १४:२६ मा प्रकाशित

काठमाण्डु, २० पुस– दाङमा ट्रकको ठक्करबाट घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका – ५ का ७० वर्षीय टेकबहादुर गिरीको बाँकेस्थित नेपालगञ्ज नर्सिङ होममा उपचार क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गिरीको बिहीबार दिउँदो साढे १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता विनोदराज खत्रीले जानकारी दिएका छन ।

बिहान साढे ९ बजेतिर तुलसीपुरको वीरेन्द्र चोकवाट बसपार्क तर्फ जाँदै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले पैदल हिँडिरहेका गिरीलाई बिपी चोकमा ठक्कर दिएको थियो ।

गिरीको बाँया हात, खुट्टा र अनुहारमा चोट लागेको थियो। गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो। ट्रक चालक घोराही उपमहानगरपालिका – १४ का ४५ वर्षीय प्रेमबहादुर सुनार प्रहरी नियन्त्रणमा छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us