सभापतिलाई अप्ठ्यारो पार्ने गरी सहकारी सम्बन्धी अध्यादेश ल्याइयोः रास्वपा

काठमाण्डु टुडे २०८१ पुष २० गते १६:१७ मा प्रकाशित

काठमाण्डु, २० पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ ।

शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल गणेश कार्कीले जानकारी दिए ।

आज बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता कार्कीले भने, ‘ सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ, ‘रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ ।

संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।’साथै, उनले संगठनको भावी रणनीति, संगठनलाई सवलीकरणका बारेमा पनि छलफल भइरहेको पनि जानकारी दिएका छन ।

राजनीतिक घटनाक्रमअन्तर्गत रहेर पार्टीलाई विषम परिस्थितिमा अफ्ठ्यारो अवस्था सिर्जना भइरहेको पनि रास्वपाले निष्कर्ष निकालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us